चट्याङ लागेर दैलेखमा एकको मृत्यु, १६ जना घाइते

शुक्रबार, भदौ २९, २०८०
Honor 600 pro

दैलेख । दैलेखमा चट्याङले हानेर एक जना महिलाको मृत्यु भएको छ। 

जिल्लाको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङले  हानेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

चट्याङबाट गम्भीर घाइते भएकी खत्रीको उपचारका क्रममा दैलेख अस्पतालमामा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै चट्याङ लागेर अन्य १६ जना घाइते भएका छन् । गम्भीर घाइतेहरुलाई सुर्खेतमा थप उपचारका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०७:५९
प्रतिक्रिया दिनुहोस्