आज कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन

बिहीबार, भदौ २८, २०८०
honor mob  winter sales

काठमाडौं । आज कुशे औँसी अर्थात बाबुको मुख हेर्ने दिन।

Honor x7 pad

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

आजका दिन छोराछोरीले  आ-आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।

बुबा नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्