वीरगञ्जको बाल सुधार गृह रातभर तनावग्रस्त, घाइते कैदीबन्दीको नारायणी अस्पतालमा उपचार हुँदै

बुधबार, भदौ २७, २०८०
honor mob  winter sales

वीरगञ्ज। वीरगञ्जमा रहेको बाल सुधार गृह दुई समूहबीच झडप हुँदा रातभर तनावग्रस्त बनेको छ।

Honor x7 pad

त्यहा रहेका कैदीबन्दीबीच विवाद उत्पन्न भई झडप हुँदा केही कैदीबन्दी समेत घाइते भएका छन् ।

विवाद भएर झडप भएर बाल सुधार गृहमा तनावग्रस्त भएपछि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको पर्सा प्रहरीले जनाएको छ।  प्रहरी परिचालन गर्दा कैदीबन्दी झन् आक्रोशमा आएर उनीहरुले  बाल सुधार गृहमा तोडफोड गर्दै प्रहरीमाथि पनि ढुंगा-ईंटा प्रहार गरेका थिए ।

झडपमा घाइते भएका कैदीबन्दीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अहिले बाल सुधार गृहमा रातभर तनाव भएपनि अहिले अवस्था सामान्री भएको प्रहरीले जानकारी दिएको छ। अहिले पनि बाल सुधार गृह बाहिर प्रहरी परिचालन गरिएको छ।

कैदीबन्दीबीच के कारणले विवाद भएको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ०८:३१
प्रतिक्रिया दिनुहोस्