सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाउँदै

बुधबार, भदौ २७, २०८०
honor mob  winter sales

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले  आज ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउदै छ।

Honor x7 pad

सीआईबीले आज जिल्ला सरकारी वकिल कार्यालयमा उक्त सुन प्रकरणको रायसहित अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो। 

सीआईबीले सुन प्रकरणमा आरोपीविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने तयारी छ । 

सुन तस्करी प्रकरणको अनुसन्धान भदौ ३१ गते ६० दिन पुग्ने हुँदा सो मितिसम्ममा सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी आज प्रतिवेदन बुझाउने मिति तय गरिएको हो ।

गत साउन ३ गते हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको सुनलाई राजस्व अनुसन्धान विभागको टोलीले  सिनामङ्गलस्थित भन्सार कार्यालय बाहिरबाट बरामद गरेको थियो । 

सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा स्वास्थ्यका कारण एक जना हिरासत बाहिर रहे पनि ३० जना प्रहरी नियन्त्रणमा छन् । पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् । उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन् ।

सुन बरामद गरेपछि १८ दिन लाएर राजस्व अनुसन्धान अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो ।  उत ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणकै क्रममा फेरि हिजो त्रिभुवन विमानस्थलबाट १ किलो सुन प्रहरीले बरामद गरेको थियो।

 

 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ०८:००
प्रतिक्रिया दिनुहोस्