भोलि पत्रकारहरुका लागि निःशुल्क मिर्गौला परीक्षण हुँदै

सोमबार, भदौ २५, २०८०
honor mob  winter sales

काठमाडौं । पत्रकारहरुका लागि निःशुल्क मिर्गौला परीक्षण कार्यक्रमको आयोजना गरिएको छ ।

Honor x7 pad

नेपाल प्रेस युनियन बाँके शाखाका संस्थापक अध्यक्ष, प्रेस स्वतन्त्रता सेनानी स्व.पन्नालाल गुप्त ‘चाचा’ को ९५औं जन्मजयन्तीको अवसरमा भोलि विहान सेन्ट्रल सिटी हस्पिटल नेपालगञ्जमा  निःशुल्क मिर्गौला परीक्षण कार्यक्रमको आयोजना गरिएको हो । 

नेपाल प्रेस युनियन बाँके शाखा र वरिष्ठ पत्रकार स्व. पन्नालाल गुप्त प्रतिष्ठानको आयोजना तथा सेन्ट्रल सिटी हस्पिटलको सहकार्यमा मिर्गौला परीक्षण कार्यक्रमको आयोजना गरिएको सचिव भिष्म लोधले जानकारी दिए । ‘भोलि २६ गते मंगलवार विहान ७ बजेदेखि १० बजेसम्म पत्रकारहरुका लागि निःशुल्क मिर्गौला परीक्षण कार्यक्रमको आयोजना गरिएको छ,' सचिव लोधले भने–‘यसले पत्रकारहरुलाई आफ्नो स्वास्थ्य सजगतासँगै मिर्गौलाको अवस्थाबारे पनि थाहा हुनेछ । समस्या देखिए समयमै रोगको पहिचान गरेर उपचारमा पनि सहजता मिल्नेछ ।’

पछिल्लो समय अस्वस्थ खानपान, फेरिँदो जीवनशैली लगायतका कारणले मिर्गौलाको समस्या विकराल बन्दै गएको छ । वरिष्ठ युरोलोजिष्ट डा. दिपेश गुप्ता नेतृत्वको टिमले पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने पनि सचिव लोधले बताए ।

यो सँगै स्व. गुप्तको जन्मजयन्तीमा २७ गते महेन्द्र पुस्तकालयमा दिउँसो अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरिएको छ । 'पत्रकारिताको वर्तमान अवस्था, सम्भावना र चुनौति' विषयक उक्त अन्तरक्रियामा यस क्षेत्रका नागरिक समाज, अधिबक्ता, बुद्धिजीवि, संचारकर्मी लगायतको उपस्थिति रहनेछ ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्