नेपालगन्ज एयरपोर्टबाट फरार भएका कर अधिकृत पनि सम्पर्कमा आए

सोमबार, भदौ २५, २०८०
honor mob  winter sales

नेपालगन्ज । नेपालगन्ज एअरपोर्टबाट जिल्ला प्रहरी बाँकेले श्रोत नखुलेको २६ लाख रुपैयाँसहित आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटालाई पक्राउ गरेपछि फरार भएका अर्का कर अधिकृत दीपक पौडेल प्रहरीको सम्पर्कमा आएका छन् ।

Honor x7 pad

पौडेलले केहिबेर अघि बाँके प्रहरीमा फोन सम्पर्क गरेर प्रहरी कार्यालयमा आफै उपस्थित हुने बताएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिएका छन् ।

'आफै प्रहरीलाई सम्पर्क गरेर हाजिर हुन आउने बताउनु भएका कर अधिकृत पौडेल प्रहरी कार्यालय केहिबेर पछि आत्मसमर्पण गर्न आउनुहुन्छ' डीएसपी डाँगीले भने। नेपाल सरकारको अधिकृत जस्तो मान्छे सम्पर्कमा आएर भाग्न खोजे उहाँलाई नै अप्ठ्यारो हुने हुँदा उहाँ आउने डाँगीले बताए।

जिल्ला प्रहरी बाँकेले पक्राउ परेका कर अधिकृतलाई आबश्यक कारबाही र अनुसन्धानका लागी आजै नेपालगन्जस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइसकेको छ।

श्रोत नखुलेको ठुलो रकम र कर अधिकृत भएकै कारण कतै भ्रष्टाचारकै रकम भएको हुन सक्ने भन्दै अख्तियारसँगको समन्वय पश्चात्  अधिकृत सापकोटाको अनुसन्धान गर्न अख्तियारलाई बुझाइएको डीएसपी डाँगीले बताए।

प्रहरीका अनुसार उनीहरु रुकुम पश्चिम्बाट अनुगमन गरि सिधै काठमाडौं जान लागेको बताएको छ। 

आज बिहान पौने ९ बजे  नेपालगन्ज विमानस्थलबाट श्री एयरको जहाजबाट काठमाडौं उड्न लागेका कर अधिकृत सापकोटाको ब्यागमा विमानस्थल सुरक्षा गार्डले एक्सरे जाँच गर्दा ठुलो रकम देखेपछि सोधपुछ गर्दा अर्का अधिकृत फरार भएका थिए।

एयरपोर्ट सुरक्षा गार्डका प्रमुख प्रहरी नायब निरीक्षक रबिन्द्र बमले श्रोत नखुलेको २६ लाख रुपैयाँ फेला पारेपछि सापकोटालाई पक्राउ गरेका थिए।

 

 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्