नेपालगन्ज विमानस्थलबाट २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ, दीपक पौडेल फरार

सोमबार, भदौ २५, २०८०
honor mob  winter sales

नेपालगन्ज । नेपालगन्ज विमानस्थलबाट श्रोत नखुलेको २६ लाख रुपैयाँसहित आन्तरिक राजस्व कार्यालयका एक जना अधिकृत पक्राउ परेका छन् । 

Honor x7 pad

सोमबार बिहान नेपालगन्ज विमानस्थलबाट पौने ९ बजेको श्री एयरको जहाजबाट काठमाडौं उड्न लागेका तुलसीपुर आन्तरिक राजस्व कार्यालयका अधिकृत खगेन्द्र सापकोटालाई विमानस्थल सुरक्षा गार्डका प्रमुख प्रहरी नायब निरीक्षक रविन्द्र बमको टोलीले श्रोत  नखुलेको २६ लाख रुपैयाँसहित पक्राउ गरेको छ। 

पक्राउ परेका अधिकृत सापकोटासँगै काठमाडौं यात्रा गरिरहेका अर्का दीपक पौडेल बोर्डिङ पास नलिएका कारण विमानस्थलबाट फरार भएका छन् ।

पक्राउ परेका सापकोटालाई विमानस्थलबाट जिल्ला प्रहरी कार्यालय लगिएको बाँके प्रहरी श्रोतले बतायो। फरार पौडेलको खोजी कार्य तिब्र पारिएको प्रहरी श्रोतले जानकारी दिएको छ। उनी पनि कर अधिकृत रहेको बताइएको छ।

पक्राउ परेका अधिकृत सापकोटासँग थप अनुसन्धान सुरु गरिएको बताइएको छ। थप विवरण आउँन बाँकी ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्