आज यी प्रदेशमा वर्षा

सोमबार, भदौ २५, २०८०
honor mob  winter sales

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग तथा पुर्वानुमान महाशाखाले  सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको जनाएको छ।

Honor x7 pad

महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। 

साथै लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

वर्षाका कारण  नदीको जल सतह बढ्न सक्ने, बाढी र  पहिरो आउन सक्ने भएकोले  सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०७:४३
प्रतिक्रिया दिनुहोस्