हुलाक प्रमुख पाण्डेलाई निजामती सेवा पुरस्कार

आइतबार, भदौ २४, २०८०
honor mob  winter sales

नेपालगञ्ज । जिल्ला हुलाक कार्यालय बाँकेका कार्यालय प्रमुख गोविन्दप्रसाद पाण्डेलाई निजामती सेवा पुरस्कार २०७९ प्रदान गरिएको छ ।

Honor x7 pad

निजामती सेवा दिवस २०८० को अवसरमा निजामती सेवा दिवस मूल समारोह समितिद्वारा सिंहदरवारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ ले नगद पचास हजार पुरस्कार र ताम्रपत्र प्रदान गरेका हुन् ।  

हरेक कार्य क्षेत्रमा तोकिएका कामहरू इमान्दारीपूर्वक सेवाग्राही केन्द्रित भएर सम्पन्न गरेकोले उनलाई पुरस्कृत गरिएको हो ।

हुलाक कार्यालयमा कार्यरत पाण्डेले परिवर्तनशील धारबाट हुलाकमा गरेका सुधार तथा विगतमा वाणिज्य कार्यालयमा सेवा प्रवाह तथा उपभोक्ता हितका क्षेत्रमा गरेका परिवर्तनमुखी काम, कोहलपुर नगरपालिका लगायतका स्थानीय तहमा गरेका संस्थागत सुधारको उच्च मूल्यांकन गर्दै पुरस्कृत गरिएको हो ।

पाण्डेले पुरस्कारले आफूमा थप हौसला बढाएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्