बिदामा बिना पास चलाइएका सरकारी गाडीलाई युवा संघले बुझायो प्रहरीलाई

आइतबार, भदौ २४, २०८०
honor mob  winter sales

काठमाडौं । सार्वजनिक बिदाका दिन बिना पास चलेका सरकारी गाडीलाई नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा संघ  नेपालले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ।

Honor x7 pad

शनिबार बिना पास चलेको सरकारी गाडीलाई प्रहरीलाई बुझाउने कार्यक्रम अन्तर्गत भक्तपुरमा चलेका तीन गाडीलाई युवा संघले नियन्त्रणमा लिएको हो  ।

बिना पास सरकारी गाडी चलाइको पाइएमा राष्ट्रिय युवा सङ्घ नेपालका युवाहरूले गाडीको साँचो प्रहरीलाई बुझाउने कार्यक्रम अन्तर्गत भक्तपुरको जगातीमा तीन वटा गाडी समातिएका हुन् ।

युवा संघ नेपाल भक्तपुर जिल्लाको अगुवाइमा भएको कार्यक्रममा भक्तपुरको भक्तपुर नगरपालिका व्यासी र जगाती चोकमा युवा झण्डा बोकेर बसेका थिए । टोलीले जगाती सूर्यविनायकमा तीन वटा भेटेको हो । 

बिदाको दिन सरकारी गाडी दुरुपयोग गर्दै परिवारसँग घुम्ने र निजी काममा प्रयोग गर्ने विकृतिलाई रोक्न युवा सङ्घ भक्तपुरले यस्तो अभियान चलाएको सहभागी युवाले बताए । 

 

 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्