प्रधानमन्त्रीद्वारा उत्कृष्ट निजामती कर्मचारीलाई सम्मान

शुक्रबार, भदौ २२, २०८०
honor mob  winter sales

काठमाडौं ।  २० औँ निजामती सेवा दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरेका छन् । 

Honor x7 pad

आज सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीय निजामती सेवा सम्बन्धी विधेयकमा ट्रेड युनियन अधिकार कटौती नगरिएको बताए। 

यस्तै प्रधानमन्त्री प्रचण्डले  ट्रेड युनियन अधिकारको कुरा कटौती भयो भन्ने प्रश्न उठेको भन्दै विधेयकमा भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन नगरेकाले ढुक्क हुन आग्रह गरे । 

प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्णरुपमा प्रतिबद्ध, राजनीतिक रूपमा तटस्थ, पेशागत रूपमा दक्ष, सुदृढ, उच्च मनोबलयुक्त सेवामूलक, उत्तरदायी व्यावसायिक निजामती प्रशासनको विकासका लागि नीतिगत कानूनी, संस्थागत संरचनागत र व्यवहारिक प्रबन्ध गर्नुपर्ने आवश्यकता रहेको बताए । 

उनले लामो समयदेखि प्रतीक्षारत सङ्घीय निजामती सेवा सम्बन्धी विधेयक बिहीबारको मन्त्रीपरिषद् बैठकले संसद्मा पठाउने निर्णय गरेको बताए ।

कर्मचारीहरुलाई सम्मान गर्दै कर्मचारीहरुलाई इमानदारीपूर्वक कार्य गर्न निर्देशन समेत दिएका हुन्

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्