६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुग्यो

शुक्रबार, भदौ २२, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा बाराका सुनचाँदी व्यवसायी शिवकुमार सर्राफलाई पक्राउ गरेको छ।

Honor x7 pad

बाराका सुनचाँदी व्यवसायी समिति अध्यक्षसमेत रहेका सर्राफलाई  गएराति सीआईबीको टोलीले  पक्राउ गरेको जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएर बाहिरिएको उक्त ६० किलो सात सय १६ ग्राम सुनलाई गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले  सिनामंगलबाट बरामद गरेको थियो ।

हालसम्म सुन तस्करी  प्रकरणमा पक्राउ पर्ने  २७ जना पुगेको सीआईबीले  जनाएको छ ।

को-को हुन् सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ पर्नेहरु-

नेपाली नागरिक

राम कुमार भुजेल

दिलीप भुजेल

हर्कराज राई

राजेन्द्र राई

अशोक लामा

 राजन श्रेष्ठ

 पुष्करराज भट्ट

 कृष्ण श्रेष्ठ

 यादव पराजुली

 सुदर्शन गौतम

 सन्तोष चन्द

 कुमार ढकाल

 सरोज श्रेष्ठ

 सुरेन्द्र तामाङ

 गणेश पौडेल

 किशोर बस्नेत

 सुमन खरेल

 शिव कुमार सराफ

विदेशी नागरिक 

जीक्वाङ लिन

 थाप्तेन छिरिङ

 दावा छिरिङ

 टीयान मि

 वेन तोङ

 डीङ सेग्फा

 ली–नेङकाई

 याओ पुचेङ्ग

 ली वेन सुङ्ग

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्