मनसुन अझै असोज १५ सम्म जारी रहने

शुक्रबार, भदौ २२, २०८०
honor mob  winter sales

काठमाडौं ।जल तथा मौसम विज्ञान विभाग, पुर्वानुमान महाशाखाले मनसुन अझै ३ साता बढी सम्म रहने जनाएको छ।

Honor x7 pad

महाशाखाले मनसुन अझै आगामी असोज १५ गते सम्म जारी रहने  जनाएको छ ।  मनसुन नेपालमा  गत जेठ ३१ गते प्रवेश गरेको थियो । 

नेपालमा औषतः जुन १३ देखि मनसुन प्रवेश गर्ने भएपनि यस वर्ष एक दिन ढिलो गरी अर्थात् जुन १४ देखि पूर्वी भेग भएर मनसुन प्रवेश गरेको थियो ।

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुनी वर्षा जारी रहेको छ । हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले मौसममा बदली हुनुका साथै वर्षा भइरहेको उनले जानकारी दिए।

हिजो काठमाडौँ उपत्यकासहित देशका कतिपय स्थानमा वर्षा भएको थियो। आज पनि देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

वर्षाका आउन सक्ने बाढी, पहिरो लगायतबाट सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ०८:२९
प्रतिक्रिया दिनुहोस्