कार्यालयमै यौनजन्य गतिविधि गरेका काजिमान राईको इन्टेग्रीटी आइकन अवार्ड रद्द

बिहीबार, भदौ २१, २०८०
honor mob  winter sales

काठमाडौं । एकाउन्टिबिलिटी ल्याब नेपालले सन् २०१९  का इन्टेग्रीटी आइकन बिजेता काजिमान राईको अवार्ड रद्द गरेको छ।

Honor x7 pad

केहिदिन अघि गाउँपालिकाको कार्यालयमा राई र उनकै सहकर्मीबीच कार्यकक्षमै गरिएको अमर्यादित व्यवहार (यौनजन्य) का कारण राईको अवार्ड रद्द गरिएको एकाउन्टिबिलिटी ल्याब नेपालले जानाएको छ।

एकाउन्टिबिलिटी ल्याब नेपालले आज एक विज्ञप्ति जारी गर्दै इन्टेग्रीटी आइकन नेपाल भ्रष्ट आचरण, अमर्यादित ब्यवहार र गैह्रजिम्मेवारपूर्ण कार्यको कदापी समर्थन नगर्ने बताउँदै राईले गरेको कार्य अमर्यादित भएको भन्दै अवार्ड रद्द गरेको जनाएको हो। 

विभिन्न सन्चार माध्यम आएका समाचारहरुबाट राईको कार्यप्रति एकाउन्टिबिलिटी ल्याब नेपालले असन्तुष्ट जनाउदै उनको अवार्ड रद्द गरिएको जनाएको हो।

यस्तो एकाउन्टिबिलिटी ल्याब नेपालले जारी गरेको विज्ञप्ति-

 

 

 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्