राजनीति
समाचार
स्थानीय तह
देश/समाज
विश्वकप फुटबल २०२६
अर्थ/वाणिज्य
विचार
लेख
सुरक्षा
नेपाली सेना
नेपाल प्रहरी
सशस्त्र प्रहरी
राष्ट्रिय अनुसन्धान
प्रविधि
खेलकुद
थप
मनोरञ्जन
विश्व
अन्तर्वार्ता
ग्यालरी
जीवनशैली
एनआरएनए
पाठक स्तम्भ
शिक्षा
स्वास्थ्य
विशेष
ब्लग
गृहपृष्ठ
राजनीति
समाचार
स्थानीय तह
देश/समाज
विश्वकप फुटबल २०२६
अर्थ/वाणिज्य
विचार
लेख
सुरक्षा
नेपाली सेना
नेपाल प्रहरी
सशस्त्र प्रहरी
राष्ट्रिय अनुसन्धान
प्रविधि
खेलकुद
थप
मनोरञ्जन
विश्व
अन्तर्वार्ता
ग्यालरी
जीवनशैली
एनआरएनए
पाठक स्तम्भ
शिक्षा
स्वास्थ्य
विशेष
ब्लग
सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
Weather Update
अर्थ/वाणिज्य
उद्योगमन्त्री र बेलायती राजदुत फेनबीच भेटवार्ता, नेपालमा बेलायती लगानी विस्तार हुनेमा मन्त्री रिजाल विश्वस्त
उद्योगमन्त्री र बेलायती राजदुत फेनबीच भेटवार्ता, नेपालमा बेलायती लगानी विस्तार हुनेमा मन्त्री रिजाल विश्वस्त
मिनेटखवर सम्वाददाता
बिहीबार, भदौ २१, २०८०
बिहीबार, भदौ २१, २०८०
काठमाडौं
। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गर्नु भएको छ । आज मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको थियो ।
भेटमा मन्त्री रिजालले नेपाल र बेलायतबीच पूरानो कुटनीतिक एवम् मैत्री सम्बन्ध रहेको र त्यसलाई थप विस्तार गर्ने बताए । राजदूत फेनको कार्यकालमा दुई मुलुकबीचको सम्बन्धका आयामहरु थप विस्तार हुँदै जानेमा आफु विश्वस्त रहेको समेत मन्त्रि रिजालले स्पष्ट पारे।
नेपाल–बेलायत मैत्री सन्धि सम्पन्न भएको एक सय वर्ष पुगेको सन्दर्भमा सन् २०२३ दुई मुलुकबीचको सम्बन्धको लागि विशेष वर्षको रुपमा रहेको बताउनु हुदै मन्त्रि रिजालले बेलायतले नेपालको प्रमुख विकास साझेदारको रुपमा रहँदै मानव विकास, आर्थिक विकास, सुशासन एवम् मानवीय सहायताको आयाममा निरन्तर सहयोग प्रदान गर्दै आएकोमा कृतज्ञता व्यक्त गरे ।
बेलायतले नेपालजस्ता अति कम विकसित मुलुकमा उत्पादित वस्तुलाई सहुलियतपूर्ण बजार पहुँच प्रदान गर्न लागू गर्दै आएको GSP कार्यक्रमबाट नेपालको निर्यात प्रवर्द्धनमा सहयोग पुग्दै आएको बताउनु हुदै मन्त्रि रिजालले बेलायत सरकारले हालै शुरुवात गरेको
Developing Countries Trading Scheme (DCTS) बाट समेत नेपालको निर्यात थप विस्तार हुँदै जाने अपेक्षा ब्यक्त गरेका छन् ।
त्यसैगरी
DCTS अन्तर्गतको अति कम विकसित मुलुकलाई प्रदान गरिएको सुविधाको थप केही वर्षसम्म निरन्तरता दिन मन्त्रि रिजालले वेलायत सरकारसग अनुरोध गरेका छन् ।
बेलायती लगानीकर्ताहरू नेपालमा मुख्यतया ऊर्जा, सूचना प्रविधि र सेवा क्षेत्रमा लगानी गर्न उत्सुक रहेको बताउनु हुदै मन्त्रि रिजालले नेपालमा बेलायती लगानी विस्तारको लागि राजदुत फेनको ठोस प्रयास रहनेमा आफु विश्वस्त रहेको बताएका छन् ।
भेटका क्रममा राजदुत फेनले दुई देशबीचको सम्बन्ध बिस्तार र मजबुत बनाउने र थप सहयोग र सहकार्यमा आफ्नो जोड रहने बताएका थिए।
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०
१४:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
बाँके–२ मा चार प्रदेश सांसदसहित प्रभावशाली नेता कांग्रेस महाधिवेशन प्रतिनिधिमै पराजित
नंः २
दाङ कांग्रेस क्षेत्र नं. ३ (क) को प्रदेश प्रतिनिधि पेशागत विज्ञमा गौरव गिरी भारी मतान्तरले विजयी
नंः ३
कांग्रेस बाँके–२ को सभापतिमा नरेन्द्र चौधरी निर्वाचित
नंः ४
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको सभापतिमा आचार्य निर्विरोध निर्वाचित
नंः ५
दाङ-३ कांग्रेस क्षेत्रीय सभापतिमा खिमबहादुर वली निर्वाचित
स्थानीय तह
जहाँ पोल ठडिन्थे, बिजुली बल्दैनथ्यो—त्यही नरैनापुरको फेरिँदैछ तस्वीर
शनिबार, असोज १७, २०८३
थप समाचार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको नियमित उडान आजदेखि
बिहीबार, भदौ २१, २०८०
प्याब्सन बाँकेले बाढी पीडितका लागी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख बढी सहयोग पठाउँदै
बिहीबार, भदौ २१, २०८०
परासीमा करदाता शिक्षा कार्यक्रम, कर कानुनबारे व्यवसायीलाई जानकारी
बिहीबार, भदौ २१, २०८०
ह्वावे वाच फिट ५ प्रो नेपालमा लन्च, खरिदमा फ्रीबड्स एसई २ निःशुल्क
बिहीबार, भदौ २१, २०८०