८३ वर्षीय वृद्धको हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ

बिहीबार, भदौ २१, २०८०
honor mob  winter sales

ओखलढुङ्गा। ८३ वर्षीय वृद्धको हत्या आरोपमा ८३ वर्षीय  वृद्ध पक्राउ परेका छन् । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई हत्या आरोपमा   पक्राउ गरेको जनाएको छ।

Honor x7 pad

कटुवालले उनकै छिमेकी सोमबहादुर अधिकारीलाई सामान्य विवादमा गोठबाट दूध लिएर घर फर्कदै गरेका अधिकारीलाई धकेल्दा लडेर घाइते भएका थिए । 

लडेर गम्भीर घाइते अधिकारीको उपचारका क्रममा  अस्पताल मृत्यु भएपछि  जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले  कटुवाललाई  पक्राउ गरेको हो।

उनीहरु दुबै जना एउटै गाउँमा एकै सालमा जन्मिएर ८३ औँ वर्ष सहकार्य गरेर छिमेकी दुई वृद्धबीच हिजो बिहान ८ः३० बजे सामान्य भनाभन भएको प्रहरीले जानकारी दिएको छ।

हत्या आरोपमा पक्राउ परेका वृद्ध कटुवालसँग घटना बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्