यस्तो छ आगामी तीन दिनको मौसम

बिहीबार, भदौ २१, २०८०
honor mob  winter sales

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग तथा पुर्वाअनुमान महाशाखाले आज देशभर आंशिक देखि सामान्य बदली रहने जनाएको छ। 

Honor x7 pad

आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

त्यस्तै मधेस प्रदेश र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।

भोलि  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। तराई भू-भागका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।

शनिबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी क्षेत्रका केही स्थानहरू तथा बाँकी क्षेत्रका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै तराई भू-भागका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार राती देशका हिमाली र पहाडी क्षेत्रका थोरै स्थानहरूमा तथा तराई क्षेत्रका केही स्थानमा मेघ गर्जन चट्याङ वर्षाको सम्भावना रहेको  विभागले जनाएको छ।

वर्षाका कारण आउन सक्ने बाढी-पहिरो जस्ता विपदबाट सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

 

 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०८:२६
प्रतिक्रिया दिनुहोस्