कांग्रेस सहमहामन्त्री यादवमाथि राजधानीमा खुकुरी प्रहार

बुधबार, भदौ २०, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ।

Honor x7 pad

सहमहामन्त्री यादव राजधानीको रिपोर्टर्स क्लबको कार्यक्रम सकेर बाहिरिएर गाडी  चढ्ने क्रममा आज दिउँसो उनीमाथि आक्रमण भएको रिपोर्टर्स क्लबका सचिव ईश्वर कार्कीले बताए । 

नुवाकोट घर भएका श्याम सापकोटा भन्ने व्यक्तिले उनीमाथी  आक्रमण गरेका थिए । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

खुकुरी प्रहार गर्ने सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्