सुन प्रकरणमा समातिएका दावा छिरिङसँग सम्पर्क देखिएपछि छानबिनको दायरामा पूर्वउपराष्ट्रपतिका छोरा दिपेश

मंगलबार, भदौ १९, २०८०
honor mob  winter sales

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पूर्वउपराष्ट्रपतिका छोरा सम्पर्क देखिएपछि दिपेश पुनसँग प्रहरीले सोधपुछ गरेको छ।

Honor x7 pad

दिपेशसँग आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोधपुछ गरेको हो। 

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ६० किलो ७१६ ग्राम अवैध सुन प्रकरण तस्करीमा संलग्न गिरोहसँग कनेक्सन देखिएपछि सीआईबीले आज दिउँसो उनलाई बोलाएर सोधपुछ गरेको हो । 

छिरिङसँग पूर्वउपराष्ट्रपतिका छोरा दिपेशको सम्पर्क सम्बन्ध सार्वजनिक रुपमा नै देखिएको पाइएपछि छानबिनको दायरामा परेका हुन् ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्