भारतविरुद्द सहासिक प्रदर्शन गरेको नेपाल डिएलएस मेथडकै कारण १० विकेटले पराजित

मंगलबार, भदौ १९, २०८०
honor mob  winter sales

काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्द सहासिक प्रदर्शन गरेको नेपाल १० विकेटले पराजित भएको छ। 

Honor x7 pad

पहिलो ब्याटिङ गरेको नेपालले भारतलाई दिएको २३१ रनको लक्ष्यलाई वर्षाका कारण डिएलएस मेथडअनुसार भारतलाई २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य दिइएको थियो। गए राति भारतले  उक्त लक्ष्य २०.१ ओभरमा विना विकेटको क्षतिमा पार गर्दै विजयी बनेको हो।

भारतका लागी  रोहित शर्माले ७४ र र शुभमन गिलले ६७ रन बनाए  ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४८.२ ओभर खेलेर १ विकेट गुमाउँदै २३० रन बनाएको हो।

नेपालका लागी आशिफ शेखले ८९ बल खेल्दै  ५८ रन बनाए। त्यस्तै सोमपाल कामीले ५६ बलमा ४८ रन बनाउदै आउट भएका थिए।

त्यस्तै नेपालका  कुशल भुर्तेलले ३८, भिम सार्कीले ७, कप्तान रोहित पौडेल ५ रनमै आउट भएका छन् भने मल्ल २ रन बनाएका थिए। गुल्सन झाले २३ रन बनाए। दीपेन्द्र सिंह ऐरीले २८, सन्दीप लामिछानेले ९ रन बनाए भने करण केसीले २ रन बनाउदा ललित राजवंशी खाता नखोल्दै आउट भए।

भारतका रविन्द्र जडेजा र महोमद सिराजले सर्वाधिक समान ३/३ विकेट लिएका थिए। यो जितसँगै भारत सुपर फोरमा प्रवेश गरेको छ भने नेपाल एसिया कपबाट बाहिरिएको छ।

 

 

 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ००:३३
प्रतिक्रिया दिनुहोस्