नेपाल र भारतबीचको खेल पुन:सुरु, भारतलाई जितका लागि १२८ रन आबश्यक

सोमबार, भदौ १८, २०८०
honor mob  winter sales

काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत भारत र नेपालबीचको वर्षाले अवरुद्द बनेको खेल पुनः  सुरु भएको छ।

Honor x7 pad

नेपालबाट २३१ रनको टार्गेट पाएको भारतको वर्षाले खेल अवरुद्द हुनअघि २.  ओभरमा  १७ रनको अवस्थामा हुँदा सुभम गिलले १२ रन रोहित शर्माले ४ रन बनाएका थिए। खेल पुनः साढे १० सुरु भएको छ।

यस खेललाई २३ ओभरमा झारिएको छ भने भारतले १४५ रनको लक्ष्य पाएको छ ।

यसअघि ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो। नेपालका आशिफ शेखले सर्वाधिक ५८ , सोमपाल कामीले ४८ र कुशल भुर्तेलले ३८ रन बनाएका थिए।

नेपाल र भारतबीचको खेल श्रीलंकाको पाल्लिकेले स्टेडियममा भइरहेको छ। भारतलाई २०.५ ओभरमा जितका लागि १२८ रन आबश्यक रहेको छ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २२:३०
प्रतिक्रिया दिनुहोस्