Dashain Banner
Dashain Banner

एसिया कप: नेपालले भारतलाई दियो २३१ रनको टार्गेट

सोमबार, भदौ १८, २०८०

काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारलाई २३१ रनको टार्गेट दिएको छ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४८.२ ओभर खेलेर १ विकेट गुमाउँदै २३० रन बनाएको हो।

नेपालका लागी आशिफ शेखले ९७ बल खेल्दै  ५८ रन बनाए। त्यस्तै सोमपाल कामीले ५६ बलमा ४८ रन बनाउदै आउट भएका थिए।

त्यस्तै नेपालका  कुशल भुर्तेलले ३८, भिम सार्कीले ७, कप्तान रोहित पौडेल ५ रनमै आउट भएका छन् भने कुशल मल्लले २ रन बनाएका थिए। गुल्सन झाले २३ रन बनाए।

दीपेन्द्र सिंह ऐरीले २९, सन्दीप लामिछानेले ९ रन बनाए भने करण केसीले २ रन बनाउदा ललित राजवंशी खाता नखोल्दै आउट भए।

भारतका रविन्द्र जडेजा र महोमद सिराजले सर्वाधिक समान ३/३ विकेट लिएका छन् ।

 

 

 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १९:५६
प्रतिक्रिया दिनुहोस्