हत्या अभियोगमा मधेश प्रदेशका सांसद अनिरूद्धकुमार सिंह यादव पक्राउ

सोमबार, भदौ १८, २०८०
honor mob  winter sales

सप्तरी । हत्या अभियोगमा मधेशका प्रदेश सभा सदस्य (सांसद) अनिरूद्धकुमार सिंह यादवलाई प्रहरीले पक्राउ गरेको छ।

Honor x7 pad

सप्तरी प्रहरीले यादवलाई आज दिउँसो राजविराज नगरपालिका-७ बाट पक्राउ गरेको मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सांसद यादवमाथि २०६४ सालमा माओवादी नेता गोविन्द चौधरीको हत्या गरेको अभियोग रहेको छ। यादव  गत निर्वाचनमा सप्तरी ४(ख) बाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित भएका थिए।

सांसद यादवलाई पक्राउ गरी आजै  जिल्ला अदालत सप्तरीमा हाजिर गराइएको छ । अदालतको आदेशमा सांसद यादवलाई पक्राउ गरी मुल्तवीमा राखी अनुसन्धान गर्नु भन्ने आदेश दिएको थियो ।

 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १९:२२
प्रतिक्रिया दिनुहोस्