वीर अस्पतालको सबैभन्दा माथिल्लो तलाबाट हाम फालेर एक पुरुषको मृत्यु

सोमबार, भदौ १८, २०८०
Honor 600 pro

काठमाडौं । काठमाडौंस्थित वीर अस्पतालको नयाँ सर्जिकल भवनमाथि बाट हाम फालेर एक जना पुरुषको मृत्यु भएको छ।

आज वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर  अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

मृतक पुरुषले आफू बिरामीको आफन्त भएको भन्दै  अस्पतालभित्र प्रवेश गर्दै सबैभन्दा माथिल्लो तलामा गएर बिहान २/३ बजे हाम फालेको अस्पतालले जानकारी दिएको छ। 

वीर अस्पतालमा रहेका बिरामी तथा कुरुवाले मृतक पुरुष आफ्नो कोही आफन्त नभएको बताएका छन् । घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्