वसुन्धारामा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सोमबार, भदौ १८, २०८०
honor mob  winter sales

काठमाडौं । काठमाडौँमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

Honor x7 pad

काठमाडौँ -३ तिलिङ्गाटारमा गए राति बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३–०२–००६ प ६४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सङ्खुवासभा मकालु गाउँपालिका-१ का  मोटरसाइकल चालक  दावा दोर्जे शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा ग्रिनसिटी अस्पताल वसुन्धरामा मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने १९ वर्षीय डोल्मा शेर्पा घाइते भएकी छन् ।

उनको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले भ्यान चालकलाई  नियन्त्रणमा लिएको छ ।

प्रहरीले भ्यान चालक २५ वर्षीय जीतेन्द्र माझीको साथमा काजपत्र नभएको र मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएको जनाएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्