Dashain Banner
Dashain Banner

म्यानमारविरुद्द हुने मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा

आइतबार, भदौ १७, २०८०

काठमाडौं । म्यानमारसँग हुँदै गरेको दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलका लागि आज २३ सदस्यीय नेपाली राष्ट्रिय पुरुष टोलीको घोषणा भएको छ।

नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो एनेसले आज २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन्  ।  फिफा विश्वकप–२०२६ को छनोटको तयारी स्वरुप म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । 

नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल यही भदौ २२ र २५ गते म्यानमारसँग म्यानरमारमै हुनेछ । नेपाली टोलीको गोलरकिपरमा किरणकुमार लिम्बू, अभिषेक बराल र दीप कार्की छन् । 

त्यस्तै डिफेन्डरमा सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष गुरुङ, छिरिङ लामा र अञ्जन राई छन् । मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, कृतिशरत्न छुन्जु र उत्सव राई छन् । 

फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजङ्ग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया रहेका छन् 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्