रसुवाको मितेरी पुलबाट एक किलो सुनसहित एक महिला पक्राउ

आइतबार, भदौ १७, २०८०
honor mob  winter sales

काठमाडौं । एक किलो अवैध सुनसहित प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ।

Honor x7 pad

प्रहरीले उत्तरी रसुवामा शनिबार मितेरी पुलबाट एक किलो सुनसहित गोसाइँकुण्ड गाउँपालिका-३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङलाई पक्राउ गरेको हो।

केरूङबाट अवैधरूपमा एक किलो सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेको रसुवा प्रहरीले जानकारी दिएको छ।

सुन ल्याउने महिला तामाङ बिरामी परेको देखिएकाले सुरक्षाका साथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको बताइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्