बाँकेको कम्दीबाट ३० किलो चित्तलको मासुसहित एक जना पक्राउ

आइतबार, भदौ १७, २०८०
honor mob  winter sales

सौरभ गिरी/ नेपालगन्ज । बाँकेबाट प्रहरीले ३० किलो जंगली जनावर चित्तलको मासुसहित एक जनालाई पक्राउ गरेको छ।

Honor x7 pad

इलाका प्रहरी कार्यालय बनकटटीबाट चेकजाँच मा खटिएको टोलीले राप्तीसोनारीको फत्तेपुरबाट नेपालगन्ज जाँदै गरेको भे १ ह ३९०८ नम्बरको भाडाको अटो राखेर लैजादै गरिएको अवस्थामा ३० किलो चित्तलको मासुसहित अटो र  चालकलाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले बताए।

अटोको डिक्कीमा लुकाई छिपाई नेपालगन्ज लैजादै गरिएको अवस्थामा शनिबार अपराह्न साढे ४ बजे  राप्तीसोनारी- ६ का अटो चालक हरि परियारलाई पक्राउ मासुसहित पक्राउ गरिएको प्रवक्ता डाँगीले जानकारी दिएका छन् ।

पक्राउ परेका चालक परियारसहित बरामद गरिएको चित्तलको मासुलाई आबश्यक कारबाहीका लागि शनिबार राती नै  जिल्ला बन कार्यालय बाँकेमा पठाइएको डाँगीले बताए।

यता जिल्ला बन कार्यालय बाँकेका निमित्त प्रमुख बन अधिकृत गणेश खड्काले प्रहरीले मासुसहित परियारलाई बनमा बुझाएको बाताए। खड्काले केहि बेरमा कार्यालय खोलेपछि थप अनुसन्धान प्रक्रिया सुरु गर्ने र मासुसहित पक्राउ परेका परियारको घटनामा अनुसन्धान अधिकृत तोक्न लागेको उनले बताए।

सम्भवत परियारलाई बन्यजन्तु ऐन अनुसार मुद्दा चलाइने खड्काले भने। पक्राउ परेका परियारले बरामद गरिएको मासु कसले पठाएको हो भन्ने बारेमा अझै केही नखुलाएको निमित्त प्रमुख बन अधिकृत खड्काले जानकारी दिएका छन् । आजै अनुसन्धान पश्चात् सबै खुल्ने खड्काले बताए।

यता घटनामा राप्तीसोनारीका केहि स्थानीय कांग्रेस र अन्य पार्टीका  नेताहरुले अटो चालकलाई छुटाउन कसरत गर्न लागेको र मुद्दा कमजोर बनाउन दवाद दिइरहेको विशेष श्रोतबाट जानकारी प्राप्त भएको छ।

एकै पटक ३० किलो चित्तलको मासु खरिद बिक्री हुँदा सम्म सम्बन्धित स्थानीय प्रहरीको पनि मिलेमतो भएको स्पष्ट बुझ्न सकिन्छ। 

 

 

 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०८:४४
प्रतिक्रिया दिनुहोस्