खोलाले बगाउँदा दुई जनाको मृत्यु

शनिबार, भदौ १६, २०८०
honor mob  winter sales

काठमाडौं । कञ्चनपुर र बर्दियामा खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ।

Honor x7 pad

जिल्लाको लालझाडी गाउँपालिका-५ देउवाटोलकी  १० वर्षीया बालिका चन्द्रा चन्दको मछली खोलाले बगाउँदा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

चन्दलाई बाख्रा चराउन गएको बेला खोला तर्ने क्रममा खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

यस्तै बर्दियाको मधुबन नगरपालिका-२ स्थित खाता गाउँकी २६ वर्षीया रबिना चौधरीलाई औरही खोलाले बगाउँदा आज दिउँसो मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ । रबिना राजापुरस्थित  दमरा जाँदै गर्दा खोलाले बगाएको हो।

 

 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्