आज दिनभर काठमाडौं र ललितपुरमा विद्युत् अवरुद्द हुँदै

शनिबार, भदौ १६, २०८०
honor २२ sept

काठमाडौं । काठमाडौं र ललितपुरका केही स्थानमा आज दिनभर विद्युत् अवरुद्ध हुने भएको छ।

X7D

नेपाल विद्युत् प्राधिकरणले  एक सूचना जारी गर्दै टेकु सब स्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के–थ्री ६६ केभी प्रसारण लाइन सट डाउन गर्नुपर्ने भएकाले टेकू तथा के–थ्री सबस्टेसन तथा सो सँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरुद्ध हुने जानकारी दिएको छ।

प्राधिकरणका अनुसार आज बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा विद्युत् आपूर्ति अवरुद्ध हुने छ।

प्राधिकरणले निर्धारित समयअघि काम सकिए प्रभावित लाइन सुचारू गरिने जानकारी समेत जानकारी  दिएको छ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ०८:०२
प्रतिक्रिया दिनुहोस्