सशस्त्र प्रहरीद्वारा रुपन्देही र कपिलवस्तुबाट लाखौं रुपैयाँको अवैध सामाग्री र काठ बरामद

बिहीबार, भदौ १४, २०८०
honor mob  winter sales

काठमाडौं । सशस्त्र प्रहरीले  रुपन्देही र कपिलवस्तुबाट लाखौं रुपैयाँ बराबरको अवैध सामाग्री र सिसमको  काठ बरामद गरेको छ। 

Honor x7 pad

सशस्त्र प्रहरी बल नं. २७ गण रुपन्देही मातहतको प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले सिद्धार्थनगर नगरपालिका-१ डण्डाबाट भारतबाट नेपाल ल्याउँदै गरिएको १ लाख २३ हजार ७ सय रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

सशस्त्र प्रहरीका अनुसार रुपन्देहीबाट भदौ १० गते बरामद गरिएका अवैध सामाग्रीहरुमा लत्ताकपडा, ईलेक्ट्रिक सामान, मोटरसाइकलका पार्टस र किराना सामाग्री रहेका छन् ।

त्यस्तै सशस्त्र प्रहरीले कपिलवस्तुको कृष्णनगर नगरपालिका-१२ स्थित भगवानपुर भुदईबाट भदौ १२ गते २ लाख १० हजार रुपैयाँ बराबरको १० वटा गोलिया काठ बरामद गरेको जनाएको छ।

सशस्त्र प्रहरी बल नं. २८ गण कपिलवस्तु मातहत रहेको प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरले भारतबाट नेपाल ल्याएर लुकाई छिपाई राखिएको अवस्थामा ६०क्युफिट सिसमको गोलिया काठ बरामद गरेको हो ।

सशस्त्र प्रहरीले बरामद गरेको अवैध सामाग्रीलाई आबश्यक कारबाहीका लागि भैरहवा भन्सार र अवैध सिसमको काठलाई सब–डिभिजन बन कार्यालय ठाकुरापुरमा बुझाइएको जनाएको छ।

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  २१:०१
प्रतिक्रिया दिनुहोस्