Dashain Banner
Dashain Banner

डोल्पाबाट नेपाली सेनाका मेजर विमल पण्डित सम्पर्कविहीन, खोजतलास जारी

सोमबार, भदौ ११, २०८०

डोल्पा। नेपाली सेना एक जना मेजर सम्पर्कविहीन भएका छन् । कर्णालीको डोल्पा सदरमुकाम दुनैस्थित  नन्द बक्स गुल्मका गुल्मपति विमल पण्डित  सम्पर्कविहीन भएका छन् ।

Dashai add

आइतबार रातिदेखि मेजर पण्डित सम्पर्कविहीन भएपछि नेपाली सेनाले खोजी गरिदिन आग्रह गरेपछि सेनासहित प्रहरीको टोली पनि खोजतलासमा परिचालन भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। 

बडीगार्ड समेत नलिएर एक्लै गुल्मबाट निस्किएका मेजर पण्डित हिजो रातिदेखि सम्पर्कमा नआएपछि खोजतलासका लागि सुरक्षा फौजको टोली परिचालन गरेको प्रहरीले जनाएको छ।

भौगोलिक विकटताका कारण पनि खोजीमा केही समस्या आएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्