सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह (बालेनल)ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा दिउँसो भएको उक्त भेटवार्तामा प्रधानमन्त्री साहले हालै सम्पन्न आफ्नो भारतको राजकीय भ्रमणका विषयमा राष्ट्रपति पौडेललाई विस्तृत जानकारी गराएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भेटवार्ताका क्रममा प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटघाट, द्विपक्षीय हित र सहकार्यका विविध पक्षबारे राष्ट्रपतिसमक्ष अवगत गराएका थिए ।
साथै, उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा समेत छलफल भएको बताइएको छ।
बालेन गत आइतबार भारत गएर सोमबार फर्केका थिए । स्वदेश फर्केको चार दिनपछि उनले राष्ट्रपतिलाई भेटेका हुन् ।
उनीअघि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेललाई भेटेका थिए ।