सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । मलेसियामा कामदार पठाउने प्रक्रियामा अवैध रूपमा रकम संकलन गरी विदेश पठाएको आरोपमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्।
गृह मन्त्रालय स्रोतका अनुसार अर्याललाई नेपाल–भारत सीमा क्षेत्रनजिकबाट प्रहरीले नियन्त्रणमा लिएको हो। यद्यपि उनको पक्राउबारे विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन।
मलेसिया प्रकरणमा यसअघि प्रहरीले तत्कालीन मन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवरलाई पक्राउ गरिसकेको छ। उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ।
यसै प्रकरणमा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख उमेश ढुंगाना, राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत निर्मला गुरुङसमेत पक्राउ परिसकेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संलग्न व्यक्तिहरूविरुद्ध जाहेरी दिएपछि सीआईबीले अनुसन्धान अघि बढाएको हो। मलेसिया रोजगारीका नाममा भएको भनिएको अवैध रकम संकलन र कारोबारबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।