मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, कानुनमन्त्री सोविता गौतम तेस्रो स्थानमा

बिहीबार, मंसिर १०, २०८३

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रममा हेरफेर गरेका छन्।

नयाँ मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सातौँ स्थानबाट उक्लिएर तेस्रो नम्बरमा पुगेकी छन्।

गौतमको मर्यादाक्रम बढेसँगै यसअघि उनीभन्दा अगाडि रहेका केही मन्त्रीको स्थान तल झरेको छ। परराष्ट्रमन्त्री शिशिर खनाल अब चौथो, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ, गृहमन्त्री सुधन गुरुङ छैटौँ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ स्थानमा कायम भएका छन्।

राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको नयाँ मर्यादाक्रमसम्बन्धी विवरणअनुसार १७ सदस्यीय मन्त्रिपरिषद्का अन्य मन्त्रीहरूको स्थान भने यथावत् राखिएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  १७:१८
प्रतिक्रिया दिनुहोस्