नरैनापुरमा नदी सुरक्षा तथा र्‍याफ्टिङ बोट सञ्चालनसम्बन्धी तीनदिने प्रशिक्षण कार्यक्रम

बुधबार, मंसिर २, २०८३

अरबिन्द्र कुमार यादव (नरैनापुर)/बाँके । बाँकेको नरैनापुरमा नदीमा हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण तथा विपद्का समयमा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले तीनदिने र्‍याफ्टिङ बोट सञ्चालन तथा नदी सुरक्षा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ।

इलाका प्रहरी कार्यालय भगवानपुरको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको उक्त प्रशिक्षणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय तहको सहकार्य रहेको छ।

प्रशिक्षणका क्रममा नदीमा उद्धार गर्ने तरिका, र्‍याफ्टिङ बोट सञ्चालन गर्ने सीप तथा अपनाउनुपर्ने सुरक्षा सावधानीबारे प्रशिक्षण दिइनेछ।

‘सुरक्षित नदी, सुरक्षित जीवन’ भन्ने नारासहित सञ्चालन गरिएको यस कार्यक्रमले नदीजन्य विपद्का समयमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  १५:५४
प्रतिक्रिया दिनुहोस्