Chhath Banner
Chhath Banner

सशस्त्र प्रहरी र स्थानीयवासीद्वारा छठ घाट सरसफाइ तथा रंगरोगन

शनिबार, कात्तिक २८, २०८३

रविन्द्र यादव / परासी । छठ पर्वलाई स्वच्छ, व्यवस्थित र सभ्य रूपमा मनाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प सेमरी र स्थानीयवासीले संयुक्त रूपमा छठ घाट सरसफाइ तथा रंगरोगन गरेका छन् ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–२, जमुनाबारीस्थित छठ घाटमा सशस्त्र प्रहरी र स्थानीयवासीको सहभागितामा सरसफाइ तथा रंगरोगन गरिएको हो ।

छठ पर्व नजिकिँदै गर्दा पूजास्थललाई सफा, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

उक्त अभियानले धार्मिक तथा सामाजिक सद्भाव कायम गर्नाका साथै समुदाय र सुरक्षा निकायबीचको सम्बन्धलाई थप सुमधुर बनाउने विश्वास गरिएको छ । साथै, धार्मिक स्थलको संरक्षण, सरसफाइप्रति जनचेतना अभिवृद्धि र सामाजिक उत्तरदायित्व निर्वाह गर्न पनि अभियानले सकारात्मक सन्देश दिएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २८, २०८३  ११:५३
प्रतिक्रिया दिनुहोस्