सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । कीर्तेसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषा घर भई काठमाडौं महानगरपालिका–१५, स्वयम्भू बस्ने ४८ वर्षीय ऋषिकेश कुमार झा रहेका छन्।
जिल्ला अदालत काठमाडौंको पक्राउ अनुमतिपछि फरार रहेका झालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटबाट पक्राउ गरेको हो।
पक्राउ परेका झालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।