आज असोज ३ गते 'संविधान दिवस'

शनिबार, असोज ३, २०८३

बाँके  । आज संविधान दिवस मनाइँदै छ । आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी संविधान दिवस मनाउन लागेको हो ।

२०७२ साल असोज ३ गते संविधान सभामा राष्ट्रपतिबाट संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्षको असोज ३ गते यो दिवस मनाइने गरिन्छ ।

सरकारले असोज ३ गते सार्वजनिक बिदा दिँदै आएको छ । यसपालि शनिबार परेको छ । 

११ वर्ष अगाडि बनेको संविधानको पूर्ण पालना भने अहिलेसम्म हुन सकेको छैन । यद्यपि यो संविधानलाई नेपालको अहिलेसम्मकै उत्कृष्ट संविधान मानिन्छ । 

संविधान दिवसका अवसरमा उच्चपदस्थहरुबाट शुभकामना आदानप्रदान भइरहेको छ भने बाँकेमा पनि धुमधामका साथ मनाइँदैछ।

प्रकाशित मिति: शनिबार, असोज ३, २०८३  ०८:१३
प्रतिक्रिया दिनुहोस्