सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । सरकारले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्न १३ जनाको नाम सिफारिस गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रबाट विज्ञता हासिल गरेका, अध्ययन तथा अनुसन्धानमा संलग्न रहेका तथा नेतृत्वदायी भूमिकामा काम गरेका व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गरेको हो । सरकारले सिफारिस गरेका प्रस्तावित राजदूतहरूको अब संसदीय सुनुवाइ हुनेछ । संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकबाट अग्रिमो स्वीकृति लिन पठाइनेछ । अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले सम्बन्धित देशका लागि राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया छ । यी हुन् प्रस्तावित राजदूतहरू भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा, संयुक्त अधिराज्य (युके) का लागि पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी, ओमानका लागि सिफारिस भएका छन् ।
यसैगरी पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई प्रस्तावित राजदूतका रूपमा सिफारिस गरिएको छ ।