सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । सशस्त्र प्रहरीले साढे ९ किलो चरेससहित भारतीय युवकलाई नियन्त्रणम लिएको छ।
सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौबाट सशस्त्र प्रहरीको टोलीले साढे ९ किलो चरेससहित भारतीय युवक २० वर्षीय सन्दीप चौधरीलाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीले उनी सवार मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।
सन्दीपले मोटरसाइकलको तेल ट्याङ्कीभित्र फल्स बटम बनाई लुकाइछिपाई भारततर्फ लैजाँदै गरेको अवस्थामा २१ वटा पोकामा रहेको चरेस सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।
चरेससहित नियन्त्रणमा लिइएका सन्दीपलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।