सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । प्रतिनिधि सभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि आरम्भ गरिने भएको छ।
सभामुख डोलप्रसाद अर्यालको सभापतित्वमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सोसम्बन्धी जानकारी गराइएको हो।
बैठकमा सभामुख अर्यालको सचिवालयले डिजिटल पार्लियामेन्टको अवधारणा र हालसम्म भएका कार्यप्रगतिको बारेमा समिति सदस्यहरूलाई अवगत गराएको छ।
सो अवसरमा सांसदहरूले दिएका सुझावहरूलाई समेटेर डिजिटल प्रणालीको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।