कुमारी बैंकको बिमा सुविधाले दुर्घटनापीडित परिवारलाई दियो १० लाख

बिहीबार, साउन २८, २०८३

काठमाडौँ। कुमारी बैङ्क लिमिटेडको गढवा शाखाले परिवार सुरक्षा बचत खाता (पीएसबीके) अन्तर्गतको बिमा सुविधाबमोजिम लाभग्राहीलाई बिमा दाबी रकम हस्तान्तरण गरेको छ।

श्रीमती खुमा पौडेलका श्रीमानको दुःखद दुर्घटनाजन्य निधन पश्चात् परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बिमा दाबी प्रक्रिया पूरा भएपछि कुमारी बैङ्कको गढवा शाखाले रु।१० लाख रुपैयाँ बराबरको बिमा दाबी रकम हस्तान्तरण गरेको हो। उक्त रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहारा पुग्ने विश्वास बैङ्कले लिएको छ।

कुमारी बैङ्कले ग्राहकहरूको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनाहरूसँग आकर्षक बिमा सुविधा उपलब्ध गराउँदै आएको छ। परिवार सुरक्षा बचत खाता अन्तर्गत प्रदान गरिने बिमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउनुका साथै भविष्यको आर्थिक सुरक्षाको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई वित्तीय सेवा र बिमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यअनुरूप सञ्चालन गरिएका यस्ता सुविधाहरूले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउँदै ग्राहक तथा निजका परिवारलाई आवश्यक समयमा वित्तीय सहयोग प्रदान गर्ने विश्वास बैङ्कले व्यक्त गरेको छ।

विगत २५ वर्षदेखि निरन्तर बैङ्किङ सेवा प्रदान गर्दै आएको कुमारी बैङ्क लिमिटेड ले हाल देशभर फैलिएका २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटिएम, ४० शाखारहित बैङ्किङ बिन्दुहरू मार्फत लाखौँ ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ। नेपालका जुनसुकै स्थानमा बसोबास गर्ने प्रत्येक नेपालीलाई सहज, सुरक्षित तथा गुणस्तरीय बैङ्किङ पहुँच सुनिश्चित गर्ने प्रतिबद्धतासहित बैङ्कले सहरी, अर्ध–सहरी तथा ग्रामीण क्षेत्रसम्म आफ्नो सेवा विस्तार गर्दै आएको छ।

साथै, बैङ्कले ग्राहकको वित्तीय सुरक्षालाई थप सुदृढ बनाउने हेतुले विभिन्न निक्षेप, बिमा तथा बैङ्किङ सेवाहरू सञ्चालन गर्दै आइरहेको छ।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  १७:४९
प्रतिक्रिया दिनुहोस्