सशस्त्र प्रहरी पर्साका एसपी सुमन थपलियाको हृदयघातबाट निधन

शनिबार, भदौ २, २०८०
honor mob  winter sales

पर्सा । सशस्त्र प्रहरी बलका एसपी सुमन थपलियाको हृदयघाटबाट निधन भएको छ।

Honor x7 pad

पर्साको वीरगञ्जस्थित सशस्त्र प्रहरी बल नं.१३ गणका गणपतिसमेत रहेका एसपी थपलियाको आज बिहान साढे ११ बजेतिर हृदयघातबाट निधन भएको सशस्त्र प्रहरी श्रोतले जनाएको छ।

एसपी थपलियाको वीरगञ्जमै उपचारका क्रममा निधन भएको जनाइएको छ।

एसपी थपलिया सशस्त्र प्रहरी बलको सिसम ३ का एसपी थिए। सशस्त्र प्रहरीमा एसपी थपलियालाई एक कर्तव्यनिष्ठ अधिकृतका रुपमा लिने गरिन्छ।

मिनेटखबर मृत आत्माको शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्