बाल यौन दुर्व्यवहार मुद्दामा प्रधानाध्यापकलाई ९ महिना जेल

शुक्रबार, भदौ १, २०८०
honor mob  winter sales

ओखलढुङ्गा ।  बाल यौन दुर्व्यवहार मुद्दामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजायको भएको छ।

Honor x7 pad

ओखलढुङ्गामाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले नौ महिना कैद सजाय तोकेको हो ।

दुई छात्रालाई यौन दुव्र्यवहार गरेको कसुरमा धमलाविरुद्ध दायर मुद्दामा जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको इजलासले आफूले पढाएका बालिकालाई यौन दुव्र्यवहार गर्ने धमलालाई नौ महिना कैद सजायसहित रु ५० हजार क्षतिपूर्ति र रु २० हजार जरिवाना असुलउपर गर्नुपर्ने स्रेस्तेदार विनोदकुमार घिमिरेले बताए । 

गत चैत ३ गते बालिकाका आफन्तले प्रधानाध्यापकविरुद्ध प्रहरीमा बाल यौन दुर्व्यवहारको आरोपमा जाहेरी गरेपछि प्रहरीले पक्राउ गरी जिल्ला अदालतको आदेशबमोजिम साधारण तारेखमा छोडिएको थियो ।

साधारण तारेखमा छुटेपछि विद्यालयको नियमित काममा फर्किएका धमलाविरुद्ध गत साउन २९ गते सो सजाय सुनाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्