फिटनेस प्रेमीका लागि Huawei को नयाँ उपहार, WATCH FIT 5 नेपालमा

शनिबार, जेठ ३०, २०८३
Honor 600 pro

काठमाडौं।  नेपालमा पहिलो पटक आयोजित ‘मर्निङ फिटनेस क्लब पार्टी’मार्फत Huawei ले आफ्नो नयाँ स्मार्टवाच HUAWEI WATCH FIT 5 सार्वजनिक गरेको छ। 

नेपालका लागि Huawei को आधिकारिक वितरक Call Mobility Pvt. Ltd. ले मेल्टडाउन (Meltdown) सँगको सहकार्यमा ठमेलस्थित क्लब नोभामा कार्यक्रम आयोजना गर्दै स्मार्टवाच सार्वजनिक गरेको हो।

फिटनेस, स्वास्थ्य र आधुनिक जीवनशैलीलाई लक्षित गर्दै ल्याइएको HUAWEI WATCH FIT 5 आकर्षक डिजाइन र अत्याधुनिक स्वास्थ्य निगरानी सुविधासहित बजारमा आएको कम्पनीले जनाएको छ। करिब २७ ग्राम तौल र ९.५ मिलिमिटर पातलो डिजाइन रहेको यो स्मार्टवाचमा १.८२ इन्चको AMOLED डिस्प्ले रहेको छ, जसको अधिकतम ब्राइटनेस २,५०० निट्ससम्म पुग्ने बताइएको छ।

स्मार्टवाचमा ‘मिनी–वर्कआउट असिस्टेन्ट’ सुविधा समावेश गरिएको छ, जसले प्रयोगकर्तालाई केही मिनेटमै शरीरका विभिन्न भागका लागि ३० वटा निर्देशित व्यायाम गर्न सहयोग गर्ने कम्पनीको दाबी छ। साथै, यसमा हृदयगति मापन, तापक्रम, एक्सेलेरोमिटर, जाइरोस्कोप, म्याग्नेटोमिटर, ब्यारोमिटर लगायतका स्वास्थ्य तथा गतिविधि निगरानी सेन्सरहरू जडान गरिएका छन्।

WATCH FIT 5 ले हल्का प्रयोगमा १० दिनसम्म, सामान्य प्रयोगमा ७ दिनसम्म तथा ‘अल्वेज–अन डिस्प्ले’ मोडमा ४ दिनसम्म ब्याट्री टिक्ने कम्पनीले जनाएको छ। यो स्मार्टवाच Android 9.0 वा सोभन्दा माथिका तथा iOS 13.0 वा सोभन्दा माथिका डिभाइससँग सहज रूपमा चल्नेछ। साथै, यसमा ब्लुटुथ कनेक्टिभिटी, NFC, स्पिकर र माइक्रोफोन समेत उपलब्ध छन्।

यसै अवसरमा Huawei ले HUAWEI FreeClip 2, HUAWEI FreeBuds 7i र HUAWEI FreeBuds SE 2 समेत नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ इयरबडहरू आरामदायी डिजाइन, स्मार्ट फिचर र उत्कृष्ट ध्वनि गुणस्तरका साथ उपलब्ध हुनेछन्।

नेपालमा HUAWEI WATCH FIT 5 को मूल्य रु. २७ हजार ९९०, HUAWEI FreeClip 2 को रु. ३३ हजार ९९०, HUAWEI FreeBuds 7i को रु. १७ हजार ९९० तथा HUAWEI FreeBuds SE 2 को रु. ७ हजार ४९० निर्धारण गरिएको छ। यी उत्पादनहरू देशभरका आधिकारिक Huawei विक्रेता तथा खुद्रा साझेदारमार्फत बिक्री सुरु भइसकेको कम्पनीले जनाएको छ।

थप जानकारीका लागि-

https://efix.com.np/product/huawei-fit-5

https://www.instagram.com/huawei.nepal/

https://www.facebook.com/HuaweimobileNP

 

प्रकाशित मिति: शनिबार, जेठ ३०, २०८३  १८:२५
प्रतिक्रिया दिनुहोस्