HONOR नेपालले सार्वजनिक गर्‍यो HONOR Pad V9, ब्लूटुथ किबोर्ड र म्याजिक पेन्सिल नि:शुल्क

आइतबार, जेठ २४, २०८३
Honor 600 pro

काठमाडौं । HONOR नेपालले नयाँ प्रिमियम ट्याब्लेट HONOR Pad V9 नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो ट्याब्लेट उत्पादकता, रचनात्मकता तथा मनोरञ्जनलाई एकै साथ उच्चस्तरमा पुर्‍याउने उद्देश्यसहित डिजाइन गरिएको हो।

विद्यार्थी, पेशेवर सिर्जनाकर्ता तथा मनोरञ्जनका पारखीहरूलाई लक्षित गरी ल्याइएको HONOR Pad V9 मा अत्याधुनिक AI क्षमतासहित आकर्षक डिस्प्ले र उच्च क्षमताको ब्याट्री समावेश गरिएको छ।

ट्याब्लेटमा १४४Hz रिफ्रेस रेटसहितको ११.५ इन्चको २.८K डिस्प्ले रहेको छ, जसले प्रयोगकर्तालाई उत्कृष्ट स्पष्टता र सहज दृश्य अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ। HONOR Eye Comfort Display प्रविधिले लामो समयसम्म प्रयोग गर्दा पनि आँखालाई आरामदायी अनुभव दिने बताइएको छ। अनलाइन कक्षा, प्रस्तुतीकरण तयारी, भिडियो स्ट्रिमिङ वा डिजिटल स्केचिङजस्ता कार्यका लागि यो उपयुक्त रहेको कम्पनीको दाबी छ।

HONOR Pad V9 मा उन्नत AI-आधारित उत्पादकता सुविधाहरू समावेश गरिएको छ। स्मार्ट नोट लिने सुविधा, सहज मल्टिटास्किङ तथा कार्यप्रवाह व्यवस्थापन प्रणालीले प्रयोगकर्तालाई दिनभरि प्रभावकारी रूपमा काम गर्न सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ।

पातलो र हलुका डिजाइनमा उपलब्ध यस ट्याब्लेटमा १०,१००mAh क्षमताको शक्तिशाली ब्याट्री जडान गरिएको छ। यसले लामो समयसम्म चार्ज नगरी काम तथा मनोरञ्जनका गतिविधि सञ्चालन गर्न सकिने कम्पनीको भनाइ छ। घरबाट काम गर्ने, अध्ययन गर्ने, यात्रा गर्ने वा डिजिटल सामग्रीको आनन्द लिने प्रयोगकर्ताका लागि यो ट्याब्लेट उपयोगी हुने बताइएको छ।

HONOR Pad V9 को सार्वजनिक अवसरमा कम्पनीले सीमित अवधिका लागि विशेष अफर पनि ल्याएको छ। ट्याब्लेट खरिद गर्ने ग्राहकहरूले रु. ८,९९९ मूल्य बराबरको HONOR Pad V9 Smart Bluetooth Keyboard तथा रु. ६,९९९ मूल्य बराबरको HONOR Magic Pencil 4S निःशुल्क प्राप्त गर्नेछन्। कम्पनीका अनुसार HONOR Pad V9 को नेपाली बजार मूल्य रु. ६९,९९९ निर्धारण गरिएको छ। यो ट्याब्लेट नेपालभरका अधिकृत HONOR स्टोरहरूमा उपलब्ध रहेको छ।

थप जानकारीका लागि HONOR नेपालको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ। सम्पर्कका लागि इमेल [email protected] तथा फोन नम्बर +९७७ ९८०११५००३६ उपलब्ध रहेको छ।

तल दिइएको वेवसाइट तथा अन्य लिन्कमार्फत पनि जानकारी लिने सकिने छ।
https://www.honor.com/np/
https://www.instagram.com/honor_nepal/
https://www.facebook.com/honornepall

प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३  १३:२५
प्रतिक्रिया दिनुहोस्