कर्मचारीको तलब बढ्यो, २१ प्रतिशतले तलब वृद्धि

शुक्रबार, जेठ १५, २०८३

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेको छ ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले कर्मचारीको तलब बढाइएको जानकारी दिएका हुन् ।

अर्थमन्त्री वाग्लेले पछिल्लो ४ वर्षदेखि कर्मचारीको तलब नबढेको अवस्थामा हाल कायम रहेको महँगी भत्ता समेतलाई कायम राखेर तलब वृद्धि गरिएको बताए ।

उनका अनुसार सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको छ । साथै कार्यसम्पादनको आधारमा पारिश्रमिक दिने व्यवस्था सुरु गर्दै नयाँ तलबमानमा मासिक १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था समेत गरिएको उनले बताए ।

यस व्यवस्थाबाट हाल कर्मचारीले खाइपाइ आएको पारिश्रमिकमा करिब २१ प्रतिशतसम्म वृद्धि हुने सरकारको दाबी छ । ग्रेडसहित न्यूनतम तलब करिब ४० हजार रुपैयाँदेखि १ लाख रुपैयाँभन्दा माथिसम्म पुग्ने अर्थमन्त्री वाग्लेले बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १७:५२
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह