सशस्त्रका डीआईजी पोखरेल एआईजी र एसएसपी खड्का र अर्याल डीआईजी बढुवाका लागि सिफारिस

बुधबार, जेठ ६, २०८३
Honor 600 pro

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका डीआईजी अञ्जनी कुमार पोखरेललाई एआईजी पदमा बढुवा गर्न सिफारिस गरिएको छ। बढुवा समितिको बैठकले उक्त निर्णय गरेको हो।

पोखरेल एआईजीमा सिफारिस भएसँगै रिक्त भएको डीआईजी पदमा एसएसपी राजेन्द्र खड्का सिफारिस भएका छन्। साथै, कानुन उपसमूहका एसएसपी युवराज अर्याल पनि डीआईजीमा बढुवा सिफारिसमा परेका छन्।

बढुवा सिफारिसप्रति असन्तुष्टि भए सात दिनभित्र उजुरी दिन सकिने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३  ०९:३७
प्रतिक्रिया दिनुहोस्