सय रुपैयाँ बढीका दैनिक उपभोग्य सामानमा लगाइएको भन्सार शुल्क सर्वोच्चले रोक्यो

शनिबार, जेठ २, २०८३
Honor 600 pro

काठमाडौं । नेपाल–भारत सीमा नाकाबाट दैनिक उपभोग्य सामान ल्याउँदा लाग्ने भन्सार शुल्कमा सर्वोच्च अदालतले रोक लगाएको छ।

सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले १ सय रुपैयाँभन्दा बढी मूल्यका वस्तुमा भन्सार लगाउने अर्थ मन्त्रालयको निर्णयलाई अन्तरिम रूपमा अवरुद्ध गर्दै आदेश जारी गरेको हो।

यसअघि अधिवक्ता अमितेश पण्डित लगायतले भारतीय सीमा नाकाबाट ल्याइने दैनिक उपभोग्य सामानमा भन्सार लगाउनु व्यापार सन्धिको प्रावधानविरुद्ध भएको दाबी गर्दै रिट दायर गरेका थिए।

सर्वोच्चको निर्णयपछि यसअघि लाग्दै आएको भन्सार अस्थायी रूपमा रोकिएको छ।

प्रकाशित मिति: शनिबार, जेठ २, २०८३  ०८:३३
प्रतिक्रिया दिनुहोस्